नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जना नेतालाई पनि कारवाही प्रक्रिया अघि बढाएको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले विघटित प्रतिनिधिसभाका सदस्यहरु जो देउवाको पक्षमा रिट लिएर गए उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि कारवाही अघि बढाइएको हो । स्पष्टिकरण सोधिनेमा निवर्तमान सांसद यसप्रकार छन् :
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
घनश्याम भुसाल
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
झपट रावल
झलनाथ खनाल
भवानी प्रसाद खापुङ
यज्ञ सुनुवार
सुरेन्द्र पाण्डे
मेटमणि चौधरी
दिपक प्रकाश भट्ट
नारायण खतिवडा
माधव नेपाल खेमामा रहेर अध्यक्ष ओलीको कडा आलोचना गर्दै आएपनि देउवालाई प्रधानमन्त्रीमा समर्थनमा हस्ताक्षर नगर्ने योगेश भट्टराई र गोकर्ण विष्ट भने ‘सेफ जोन’ मा छन् ।
सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु