काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्ती झलनाथ खनालले आफूहरुलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ रहेको भन्दै खनालले कारवाहीले केही फरक नपर्ने बताए । ‘कम्युनिष्ट आन्दोलनका गद्दारले हामीमाथि गर्ने कथित कारवाहीको अर्थ छैन’, खनालले भने । उनले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने बताए ।
भीम रावलको टिप्पणी : राष्ट्रघाती कुकृत्य गर्नेले हामीलाई निष्काषित गर्नु हाँस्यास्पद
नेता भीम रावलले आफूहरुलाई गरेको कारबाही केपी गुटको फुटवादकै निरन्तरता भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने-“पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।”
गुटे कारबाहीले के हुन्छ ?: झाँक्री
यस्तै, नेकपा एमालेको खनाल–नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले आफूलाई कारबाही गरेकोबारे थाहा नभएको बताएकी छिन् । एमाले स्थायी कमिटी बैठकले कारबाही गरेलगतै उनले आफूलाई स्पष्टीकरण पत्र पनि प्राप्त नभएको बताइन् ।
“कारबाहीबारे मलाई केही थाहा छैन । स्पष्टीकरणबारे पनि थाहा छैन । स्पष्टीकरण कहाँ सोधे पनि थाहा भएन । गुटले गरेको कारबाही हो । ८–१० को बैठक बसेर राजनीतिक रूपमा अहसमती राख्नेलाई कारबाही हुन्छ र ? त्यसो भए त हामीले पनि केपी ओलीलाई कारबाही गरे भयाे नि,” उनले भनिन् ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान