पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल) मा अब कोभिडका बिरामीको मात्रै उपचार हुने भएको छ । आवश्यक प्रक्रिया पुरा गर्न अस्पतालले मंगलबारदेखि नै ओपिडी सेवा बन्द गर्दैछ ।
अब बढीमा २० दिनभित्र सबै तयारी सकिने र त्यसपछि संक्रमित राख्न सकिने अस्पतालले जनाएकाे छ । अहिले ८० बेड काेभिडका बिरामीका लागि छुट्टाइएकाेमा अब ३८० बेड थपिनेछ ।
गत ५ वैशाखमा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गराउने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । साेहि बमाेजिम नेपाल सरकार सचिवस्तरको आइतबारको बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको थियो ।
गम्भीर बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने छ । मृगौलाका बिरामीका लागि डायलासिस पनि निरन्तर रहने जनाइएकाे छ ।
अस्पतालका सबै बेडमा अक्सिजन पुर्याउने पाइप जडान भएपछि पाँच सय बेड संक्रमितको उपचारमा प्रयोग गर्न सकिनेछ । अक्सिजनकाे व्यवस्था भएपछि नागरिकलाई सहज हुनेछ । पहिल्यै गर्नुपर्ने काम बल्ल अहिले अग्रसरता देखाइएकाे छ ।
सम्बन्धित खबर
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पोखरामा नेकपाको एकता सन्देश सभा, प्रचण्डले भने- म र माधवजीले रातभर नसुतेर बनाएको सरकार हो, चुनाव नगराए ठीक हुन्न
रविको फोटो एकता घोषणामा नराखेको भन्दै रास्वपाका नेताको आपत्ति
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’