नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका ११ जनालाई पार्टीबाट निष्कासन गरेसँगै उक्त समूह नयाँ पार्टी घोषणाबारे आन्तरिक छलफलमा जुटेको बताइएको छ । समाचार स्रोतका अनुसार उक्त समूहको आन्तरिक छलफलपछि पार्टी अलग भएको घोषणासँगै नयाँ पार्टी गठनबारे समग्र जानकारी गराइने छ ।
विपक्षी गठबन्धनमा लागेर पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा सोमबार पार्टीको स्थायी समितिको बैठकले नेपाल-खनालसहित ११ जनालाई निष्कासन गरेको छ ।
पार्टीले पार्टीबाट निष्कासन गरेसँगै नेपाल-खनाल समूह पार्टी गठन गर्नेबारे आन्तरिक छलफलमा जुटिसकेको छ । समाचार स्रोतका अनुसार आन्तरिक छलफलपछि पार्टीको नयाँ नाम तय हुनेछ ।
साथै, नयाँ पार्टीको अध्यक्षको जिम्मेवारी नेपाल दिइने छ भने महासचिवमा भीम रावल र सुरेन्द्र पाण्डेमध्ये एक जनालाई जिम्मेवारी दिइने बताइएको छ ।
हाल नेपाल-खनाल समूहका योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेताहरु भने अझै पनि एकताको प्रयासमै रहेको छन् । उनीहरुले सोमबार सर्वाेच्च अदालतमा विपक्ष दलसँगको गठबन्धनमा सामेल भएर हस्ताक्षर गरेका छैनन् । साथै, अब उनीहरुले कस्तो खालको भूमिका निर्वाह गर्छन् भन्नेबारेमा अन्योल रहेको छ ।
अध्यक्ष ओलीले यस्तै कदलम चाल्छन् भन्ने थाहा पाएपछि नेपाल समूहले एक महिनाअघिनै आफूनिकट नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता गराएको छ भने खनाल निकट कार्यकर्ताहरुले नेकपा एमाले (क्रान्तिकारी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
त्यस्तै, आयोगमा नेकपा समाजवादी पार्टी पनि दर्ताको लागि निवेदन परेको पनि बताइएको छ । सोमबार नेपाल–खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासनसँगै १२ जनालाई पनि स्पष्टीकरण सोधिएको छ । उनीहरुले चित्तबुझ्दो जवाफ नदिए निष्कासन गरिने एमालेले जनाएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
त्रिशुली थ्री-एको सुरुङबाट दशौं दिनमा दुई जनाको जीवितै उद्धार, दोहोर्याएर खोज्दा पनि थप कोही फेला परेनन्
धादिङ पछि नुवाकोट पुगेर ओलीले भने : मन्त्रीहरु पपुलारिटी बटुल्न मात्रै लागे, काम गरेनन्
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रधानमन्त्रीले उद्धारमा ढिलाइ भएको स्वीकार्नुभयो, एक्लै सबै गर्छु भन्ने अहम् राख्नु गम्भीर भूल हो’
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब