नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका ११ जनालाई पार्टीबाट निष्कासन गरेसँगै उक्त समूह नयाँ पार्टी घोषणाबारे आन्तरिक छलफलमा जुटेको बताइएको छ । समाचार स्रोतका अनुसार उक्त समूहको आन्तरिक छलफलपछि पार्टी अलग भएको घोषणासँगै नयाँ पार्टी गठनबारे समग्र जानकारी गराइने छ ।
विपक्षी गठबन्धनमा लागेर पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा सोमबार पार्टीको स्थायी समितिको बैठकले नेपाल-खनालसहित ११ जनालाई निष्कासन गरेको छ ।
पार्टीले पार्टीबाट निष्कासन गरेसँगै नेपाल-खनाल समूह पार्टी गठन गर्नेबारे आन्तरिक छलफलमा जुटिसकेको छ । समाचार स्रोतका अनुसार आन्तरिक छलफलपछि पार्टीको नयाँ नाम तय हुनेछ ।
साथै, नयाँ पार्टीको अध्यक्षको जिम्मेवारी नेपाल दिइने छ भने महासचिवमा भीम रावल र सुरेन्द्र पाण्डेमध्ये एक जनालाई जिम्मेवारी दिइने बताइएको छ ।
हाल नेपाल-खनाल समूहका योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेताहरु भने अझै पनि एकताको प्रयासमै रहेको छन् । उनीहरुले सोमबार सर्वाेच्च अदालतमा विपक्ष दलसँगको गठबन्धनमा सामेल भएर हस्ताक्षर गरेका छैनन् । साथै, अब उनीहरुले कस्तो खालको भूमिका निर्वाह गर्छन् भन्नेबारेमा अन्योल रहेको छ ।
अध्यक्ष ओलीले यस्तै कदलम चाल्छन् भन्ने थाहा पाएपछि नेपाल समूहले एक महिनाअघिनै आफूनिकट नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता गराएको छ भने खनाल निकट कार्यकर्ताहरुले नेकपा एमाले (क्रान्तिकारी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
त्यस्तै, आयोगमा नेकपा समाजवादी पार्टी पनि दर्ताको लागि निवेदन परेको पनि बताइएको छ । सोमबार नेपाल–खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासनसँगै १२ जनालाई पनि स्पष्टीकरण सोधिएको छ । उनीहरुले चित्तबुझ्दो जवाफ नदिए निष्कासन गरिने एमालेले जनाएको छ ।
सम्बन्धित खबर
०८४ को निर्वाचन पछि एमालेको एकल सरकार हुनुपर्छः ओली
बालेनले भने – ‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’
रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ हुने
रास्वपामा स्वर्णिम वाग्ले उपसभापति बन्दा अनिलकेशरी शाह केन्द्रीय सदस्य
राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी
दुर्गा प्रसाईंको प्रदर्शनमा ९ हजार र युवा संघमा ७ हजारको सहभागिता रहेको सुरक्षा निकायको आंँकलन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका