पोखरा । गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी हुन् ।
सन्देशमा उनले जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन ऐतिहासिक रहेको उल्लेख गर्दैै लोकतन्त्रलाई स्थापित, संस्थागत र सुदृढ गर्नु सबैको कर्तव्य भएको बताएकी छन् ।
“नेपालको संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुँदै नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरणका लागि आजको दिनले प्रेरणा दिनेछ भन्ने विश्वास मैले लिएकी छु”, सन्देशमा भनिएको छ, “यस अवसरमा मुलुकको सार्वभौमिकता स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्र्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैको सहभागिताका लागि हार्दिक आह्वान गर्दछु ।”
सन्देशमा प्रदेशप्रमुख पौडेलले सङ्क्रमणबाट सङ्क्रमित भई उपचारमा रहेका र होम आइसोलेशनमा बसेकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महामारीको समयमा अग्रपङ्क्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षा निकाय तथा कर्मचारीलाई सम्मानका साथ अझ उच्च मनोबल राखेर निरन्तर क्रियाशील रहन पनि आह्वान गरेकी छन् । उनले यस कठिन परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षा तथा उपचार कार्यलाई सहज र सर्वसुलभ बनाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षणसमेत गराएकी छन् ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु