काठमाडौँ । विपक्षी दलको गठबन्धनले नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्धरुपमा सशक्त आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ता तथा जनसमुदायमा विपक्षी गठबन्धनले आह्वान गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले ‘संविधानविपरीत र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन’ राज्यका सबै अङ्ग र निकायलाई आग्रह गरेको छ ।
बैठकपछि संयुक्त विज्ञप्तिमार्फत गठबन्धनले प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा वैकल्पिक प्रधानमन्त्रीका रुपमा विधिवत् दावी प्रस्तुत गरिसकिएको जनाउँदै देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ ।
विज्ञप्तिमा कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
सङ्घीय संसद्मा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याइएकामा रोष प्रकट गर्दै विज्ञप्तिमा देश कोरोना महामारीबाट आक्रान्त भइरहेका अवस्थामा संविधानको अवहेलना र उल्लङ्घन गर्ने काम एकपछि अर्को गरी भइरहेको आरोप पनि लगाइएको छ । संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको मुलुकमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने विश्वास गठबन्धनले व्यक्त गरेको छ ।
सम्बन्धित खबर
प्रतिनिधि सभा निर्वाचन: ७७ जिल्लामै मतदान जारी
रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज
सिंहदरबार जलाउने पनि चुनावी मैदानमा
‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल फेला
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?