पोखरा। कोरोना सङ्क्रमणको दर नघटेपछि कास्की जिल्लामा लगाइएको निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ।
नयाँ भेरियन्टको कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्ला दिनहरुमा देखिएको संक्रमण दर,प्रवृति, मृत्युदरको विश्लेषणका आधारमा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा जेठ ३१ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
निषेधाज्ञाअवधिभर अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पाइने छैन । एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारीसाधन बढीमा २ जना, दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका गाडी, चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटीमा जानेआउने क्रममा प्रयोग गर्ने गाडी, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेको गाडी, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी गाडी बाहेकका निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइने छैन ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न पाइने छैन ।
मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गरि अन्य कार्य नगर्ने, नगराउने भनिएको छ । शिक्षक संस्था बन्द कायमै छन् ।
सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल लगायतका सेवा एवं स्थल नखोल्ने तथा सञ्चालन नगर्ने आदेशमा उल्लेख छ ।
विवाह, ब्रतवन्ध एवं अन्य संस्कारजन्य कार्यक्रम पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पाइने छैन भने घरमा सञ्चालन हुने त्यस्ता कार्यक्रममा बढीमा १० जनासम्म सहभागी हुन पाइनेछ । विवाहको लागि केटा वा केटी पक्षले बढीमा ५ जनामात्र हुने गरी १ सवारीसाधन मात्र प्रयोग गर्न सक्ने छन् ।
दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दही, माछा, मासु बिक्री वितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरणमा बाधा छैन ।


सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?