पोखरा । गण्डकी प्रदेशसभामा प्रस्तुत आगामी बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल बिहीबार सकिएको छ ।
मंगलबारबाट तीन दिन सांसदहरुले विनियोजन विधेयक २०७८ का सिद्धान्त प्राथमिकतामाथि छलफल गरेका थिए । तर छलफलमा सहभागी विपक्षी दलका सांसदहरुले बजेट माथिको सिद्दान्त र प्राथमिकताबारे कुनै सुझाव नदिएर सत्तापक्षको कमीकमजोरी मात्र औंल्याइरहे ।
विपक्षीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतको भएको र यसअघि आफूहरुका कुनै सुझाव बजेटमा नसमेटिएकाले आफूहरुले सुझाव नदिएको विपक्षी सांसदहरुले प्रतिक्रिया दिए ।
बिहीबारको छलफल सुरु हुने बित्तिकै सत्तारुढ सांसदहरु (मन्त्री समेत) उठेर सदन अवरुद्ध गरे । उनीहरुले बुधबारको छलफलमा एमाले सांसद मनबहादुर गुरुङको मन्तव्य सभामुखले रेकर्डबाट हटाएकोमा आपत्ति जनाए । गुरुङले कार्य व्यवस्था परामर्श समितिका पदाधिकारी र सदस्यको राजीनामा मागेका थिए ।
विपक्षीले बजेटका सिद्धान्त र प्राथमिकतामा प्रश्न नै नराखेपछि सदनमा उठेका प्रश्नको जवाफ दिन गएका अर्थमन्त्री किरण गुरुङले जवाफ दिन कुनै विषय भेटेनन् । उनले प्रदेशले कोभिड नियन्त्रणमा गरेका कामहरुको बेलिबिस्तार लगाए । विपक्षी सांसदहरुले राखेको निर्वाचन क्षेत्र विकास कार्यक्रम बारेको आशंका मेट्दै मन्त्री गुरुङले सो कार्यक्रमले निरन्रता पाउने बताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह