कास्की । कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधि सत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधा सहितको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकालाई शुक्रबार पाँच/पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताए । कन्सन्ट्रेटर सहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन कन्सन्ट्रेटर सहितको स्वास्थ्य सामाग्री प्राप्त गर्दा ठूलो राहत महसुश भएको मादी गाउँपालिकाले जनाएको छ ।
यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कप सुरक, भिटामिन बि कम्प्लेक्स, सिटामोल, साइनेक्स लगायतका एक काटुर्न औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिए। यसअघि बिहीबार बोधि सत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?