गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिए।
मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्णयले असहयोग गर्न भनि दलका सदस्यलाई ह्वीप जारी गरी पत्र पठाएको तर दलको बैठकले पार्टीको निर्णय विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । प्रदेशमा एमालेका २४ जना सदस्य रहेको संसदीय दलको बैठकमा छ जना प्रदेशसभा सदस्य सहभागी भए पनि उपस्थिति भएका थिएनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्ट, ग्याल्बुसिंह बोहरा, रतन थापा, नेपालु चौधरी र माया लामा तामाङले उपस्थिति नगरेको जनाइएको छ । उनीहरूले सदनमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाइएको छ । बाउन्न जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले एमालेबाट १७ र नेकपा (माओवादी केन्द्र) बाट १३ गरी ३० मत पाउने निश्चित भइसकेको छ । नेपाली कांग्रेस संसदीय दलको बैठक भने जारी छ । नेपाली कांग्रेसले केन्द्रको निर्णयअनुसार अघि बढ्ने जनाएको छ ।
सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ