कास्की । कास्कीको अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा–४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । संस्थाले मास्क, भाइजर, अक्सिमिटर, पिपिइ, स्यानिटाइजर, थर्मलगन, ग्लोब्स, साबुन, स्प्रेबोटल र जनचेतनामूलक ब्यानरसहित रु ६२ हजार बराबरका सामग्री प्रदान गरेको हो ।
अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष भरतजङ्ग कुँवरले हेल्पलाइन स्थापनाले सर्वसाधारण लाभान्वित बनेको भन्दै सङ्क्रमण देखिए पनि उच्च मनोबल राखेमा कोरोनालाई परास्त गर्न सकिने धारणा राखे। नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको बताउँदै पछिल्लो समय स्वास्थ्यअन्तर्गत कोभिड नियन्त्रणमा क्रियाशील बनेको जानकारी गराए।
हेल्पलाइन संयोजक विराज सुवेदीले हेल्पलाइन सञ्चालनमा अन्नपूर्णका जनता तथा विभिन्न सङ्घसंस्थाको सहयोग प्राप्त भइरहेको बताउँदै संस्थाका गतिविधिमा स्थानीयवासीको उत्साहपूर्ण साथ र सहयोग रहेको उल्लेख गरे।
हेल्पलाइन सहसंयोजक विष्णु अधिकारीले संस्थाले अन्नपूर्णका कोरोना सङ्क्रमितको उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नुका साथै सङ्क्रमण फैलिएको स्थानमा पुगी स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गर्दै आएको जानकारी दिए।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु