काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको बजेट कार्यान्वयनका लागि समयमै कार्ययाजना बनाउन निर्देशन दिएका छन् ।
आगामी आवमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम कार्यान्यवनका लागि समयमा नै लाग्नुपर्नेमा उनको जोड छ । उनले मनसुनले सडकमा पार्नसक्ने क्षतिको पूर्वानुमान गरेर तयारी अवस्थामा बस्न निर्देशन दिँदै भने, “उपकरण आफूसँग पर्याप्त नभएमा भाडामा लिएर पनि चाँडो खुलाउन लाग्नुपर्छ ।”
मन्त्रालयको वार्षिक समीक्षा बैठकमा आज उनले सङ्घीय सडक सुपरीवेक्षण कार्यालयले आफू मातहतका डिभिजनहरुको कामको निरीक्षण आग्रह गर्दै भने, “सबै कार्यालयले स्थलगत रुपमा भेटिएका समस्या सके त्यहीँबाट नसके माथिल्लो निकायमा भनेर पनि समाधान गर्न पहल गर्नुपर्छ ।”
मन्त्री नेम्वाङले चालु आवमा सबै कार्यालयले वार्षिक लक्ष्यको कम्तीमा दुई तिहाई प्रगति हासिल गर्नुपर्नेमा जोड दिए। अहिले नै ६६ प्रतिशत प्रगति पुगेका कार्यालयले प्रगति ८० प्रतिशत पुग्ने गरी बाँकी समयमा पनि काम अघि बढाउनुपर्ने उनले बताए। मन्त्री नेम्वाङले सबै कार्यालयका प्रमुखहरुलाई असार मसान्तसम्म कार्यस्थल नछाड्न समेत निर्देशन दिए। उनले भने, “साउन मसान्त भित्र नै बहुवर्षीय ठेक्काका लागि तयारी गर्नुपर्छ ।”
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ मर्मतमा प्रगति कम नदेखिएकाले त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए।
सम्बन्धित खबर
कांग्रेस र एमालेबीचको गठबन्धन नतोड्न प्रचण्डको सुझाव
सीमाको अनुगमनमा आफैं जाँदा स्टन्ट भन्छन्, अब स्पेशल टास्क फोर्सले गर्छ : गृहमन्त्री गुरुङ
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्: स्वर्णिम वाग्ले
शिक्षामन्त्री पाेखरेलविरुद्ध नाराबाजी गर्ने २३ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
दुरूपयोग रोक्न निजी सञ्चार माध्यमलाई सोझै विज्ञापन उपलब्ध गराउन सकिने सर्वोचको आदेश
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल