दमौली । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकारिता र खोज पत्रकारिता एउटै नभई फरक विधाका रुपमा स्थापित भएको बताएका छन् । पत्रकार महासङ्घ तनहुँ शाखाले आज भर्चुअल माध्यमबाट आयोजना गरेको पत्रकारितामा खोजका मुद्दा विषयक तालीममा गाउँलेले सामान्य बेलामा गर्ने भन्दा खोज पत्रकारिता फरक पाटो रहेको उल्लेख गरे।
“भित्रसम्म गएर खोतल्ने र अनुसन्धान गर्ने विधा खोज पत्रकारिता हो, आजभोलि खोज पत्रकारितामा छुट्टै विधाको रुपमा चिनिन थालेको छ,” गाउँलेले भने, “कसैले दिएको सूचना सार्वजनिक गर्नु खोज पत्रकारिता होइन, पत्रकारले आफैँले मिहेनत गरेर सार्वजनिक गरेको विषयवस्तु खोज पत्रकारिता हो ।”
खोज पत्रकारिता चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गाउँलेले यसका लागि समय, स्रोत र ज्ञान आवश्यक पर्ने बताए। “खोज पत्रकारिताले समय बढी माग गर्छ, साधन स्रोतको माग गर्छ,” गाउँलेले भने, “राम्रो रिपोर्ट बनाउन समय र पैसा दुवै चाहिने भएकाले खोज पत्रकारिता सामान्य विधा हो भन्दा भन्दै पनि फरक विधाका रुपमा स्थापित भइसकेको छ ।”
गाउँलेले खोज पत्रकारिता गर्ने क्रममा पत्रकार एकदमै संवेदनशील हुनुपर्ने चर्चा गर्दै निजी मामिलामा प्रवेश गरी गालीबेइज्जती हुने खालका पत्रकारिता गर्न नपाइने बताए। गाउँलेले खोज पत्रकारिता भनेको के हो, खोज पत्रकारिता गर्ने तरिका, माध्यम, खोज पत्रकारिताका सीमा र खोज पत्रकारिता विषयका बारेमा प्रकाश पारे।
शुक्रबारदेखि शुरु तालीमको पहिलो दिन ‘सङ्घीयतामा स्थानीय तह र रिपोर्टिङका हाम्रा मुद्दा’ विषयमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष धमेन्द्र झाले प्रस्तुतीकरण गरेका थिए । कोरोना कहर र निषेधाज्ञाका कारण क्रियाशील पत्रकार घरमै बसेर पत्रकारिता गरिरहेका अवस्थामा भर्चुअल माध्यमबाट तालीम आयोजना गरिएको शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिए।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’