काठमाडौँ । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक÷एकजनाको मृत्यु भएको जानकारी दिए। सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन् । गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिराले ठूलो जनधनको क्षति भएको थियो । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उनले बताए। अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ ।
बाढी पहिरामा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिए। उनका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ ।
त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले जानकारी दिए। अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। नेपालमा यही जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको थियो। त्यसयता लगातार पानी पर्दै आएको छ । यस वर्ष औषतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।
सम्बन्धित खबर
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?
सरकारले सार्वजनिक गर्याे ०८३ सालमा हुने बिदाको सूची
रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज
सिंहदरबार जलाउने पनि चुनावी मैदानमा
‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?