दमौली । दमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये सर्वोत्कृष्ट बन्न सफल भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कनमा सो अस्पताल यस वर्ष प्रथम भएको हो ।
मन्त्रालयले सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाका आधार लगायत विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गर्ने गर्दछ । गतवर्ष सो अस्पतालले दोस्रो स्थान प्राप्त गरेको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको विभिन्न मापदण्डका मूल्याङ्कनमा ६१ प्रतिशत अङ्क हासिल गरी प्रथम हुन सफल भएको जानकारी दिए। “कोभिडका कारण अस्पतालका नियमित सेवाहरु अवरुद्ध हुँदा प्रतिशत घटेको हो, अस्पतालको मात्र नभइ सबै जिल्ला अस्पतालका अङ्क घटेका छन्,” उनले भने।
कोभिड सङ्क्रमितको उपचारका लागि अस्पतालमा प्रसूति सेवा स्थगित गरिएको छ । बहिरङ्ग कक्षलाई पनि कोरोना कक्ष बनाइएको छ । अस्पतालले जिल्लामै पहिलो पटक थाइराइड सेवा शुरुआत गरिसकेको छ । अस्पतालले भेन्टिलेटर सहितको सघन उपचार कक्ष सहित दाँत र आँखा सेवा पनि सञ्चालनमा ल्याएको छ ।
ट्रमा सेन्टर बनाइने
प्रदेश सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । प्रदेश सरकारद्वारा हालै जारी नयाँ बजेटमा जिल्ला अस्पताललाई ट्रमाका रुपमा स्तरोन्नति गर्ने उल्लेख छ । साथै अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने तयारी गरिँदै छ । यसका लागि विसं २०६२ मा नै अनुमति प्राप्त गरेको जनाइएको छ । विसं २०३४ स्वास्थ्यचौकी, विसं २०५५ प्राथमिक स्वास्थ्य केन्द्र र विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल