माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि आयोगद्वारा पदमुक्त

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि आयोगद्वारा पदमुक्त

nirbachan_aayog 1

काठमाडौँ । निर्वाचन आयोगले माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका पालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको छ ।

आयोगले शुक्रबार सूचना जारी गरी दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना, सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधि छन् ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds