कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।
“नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको पाइएको छ”, प्रजिअ महतोले भने, “पैसा माग गरेको कुरा धेरै जनाले स्क्रिन सट गरेर मलाई पठाएका छन्, आज बिहान खोल्दा खुलेको छैन, डिएक्टिभ भए जस्तो छ ।” फेक आइडी बनाई अवैध रुपमा रकम माग गर्नेविरुद्ध आज साइबर ब्यूरोमा उजूरी हाल्न लागेको उनले बताए ।
“अज्ञात व्यक्तिले मेरो तस्बीर राखी नक्कली फेसबुक एकाउन्ट खोलेको देखिन्छ, फेक आइडीबाट विभिन्न व्यक्तिबाट रकम माग गरेको समेत जानकारीमा आयो”, उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “यस आइडीलाई ब्लक गर्न हुन, फ्रेन्ड रिक्वेस्ट आएमा एसेप्ट नगर्न हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्न हुन अनुरोध गर्दछु, यस एकाउन्ट सम्बन्धमा आवश्यक कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाएको छु ।”
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले नक्कली (फेक) फेसबुक आइडी कुन ठाउँबाट जेनेरेट भएको भन्ने कुरा जिल्ला लेबलबाट हेर्न सम्भव नहुने बताए । “फेक फेसबुक आइडी बनाएर धेरै जनालाई भिक्टिम बनाएको पाइएको छ”, उनले भने, “विदेशबाट पनि जेनेरेट भएको हुन सक्छ, यस्तो कार्य साइबर ब्यूरोले हेर्ने गरेको छ ।”
साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कार्वाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई रु एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु