पोखरा । एल.पि. ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सुचारु गर्ने भएको छन् ।
ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए ।
सोमवार प्रदेश स्वास्थ्य मन्त्री मधु कुमारी अधिकारी र कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमसँग भएको छलफलमा अवको लट आउँदा खोप व्यवस्था गर्ने कार्यलाई अगाडि वढाउने सहमती भएपछि एल.पि. ग्याँस विक्रेता संघले आफ्नो आन्दोलन फिर्ता लिएको हो ।
एल.पि. ग्याँस विक्रेता संघ कास्की अध्यक्ष वालकृष्ण कोइरालाले आजैबाट कास्कीका डिपोहरुले कम्पनीबाट ग्याँस उठाएर आपूर्ति व्यवस्था सहज वनाउने प्रतिकृया दिए । कोइरालाका अनुसार कास्कीमा हाल करिव ५५ वटा डिपो र करिव ९ सय खुद्रा विक्रेता रहेका छन् ।
कास्कीमा नेपालका विभिन्न १८ वटा कम्पनीका गयाँस डिपो रहेका छन् । गयाँसको डिपो र खुद्रा व्यवसायीमा कार्यरत व्यवसायी र कामदारलाई लगाउन करिव एक हजार खोप आवश्यक पर्ने अध्यक्ष कोइरालाले वताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर