पोखरा । शुक्रबार गण्डकीमा थप ३७९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १८६ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३९० जनाको परीक्षण गर्दा १९४ जना, तनहुँका १८३ जनाको परीक्षणमा ४४ जना, गोरखाका ४० जनाको परीक्षणमा नौ जना, लमजुङका ८८ जनाको परीक्षणमा १४ जना, नवलपुरका ११४ जनाको परीक्षणमा ४६ जना र स्याङ्गजाका ८२ जनाको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका ७६ जनाको परीक्षणमा १० जना, बागलुङका ९९ जनाको परीक्षणमा २७ जना म्याग्दीका ८९ जनाको परीक्षणमा २१ जना र मुस्ताङ जिल्लाका १९ जनाको परीक्षणमा दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५६ हजार ५७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ११६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५२ हजार ३७७ पुगेको छ।
शुक्रबार गण्डकीमा दुई जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुने दुवै जना तनहुँ जिल्लाका छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९५८ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’