तनहुँ । पहिरोका कारण अवरुद्ध भएको तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै आएको पहिराको कारण बुधबार रातिदेखि अवरुद्ध भएको थियो ।
भानु नगरपालिका–१ अधेंरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरुद्ध भएको थियो ।
धेरै ठाउँमा पहिरो खसेकाले अवरोध हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। “हिजो दिउँसो पहिरो हटाएर सडक चालु गराइए पनि बिहीबार राति फेरि पहिरो खसेको थियो,” उहाँले भन्नुभयो, “सबै पहिरो हटाएर सडकखण्ड चालु गराइएको छ ।”
सम्बन्धित खबर
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो
तनहुँको बागेश्वरी मोटरमार्ग १० दिन बन्द रहने
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत