पर्वतका एक पुरुष छ दिनदेखि बेपत्ता

पर्वतका एक पुरुष छ दिनदेखि बेपत्ता

bepata

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन्। स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन्।

श्रीमान–श्रीमती मात्रै बस्दै आएका उनीहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो । भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोजेका थिए। बिहान करिब ८ बजेतिर घरबाट निस्कनुभएका उनी अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको स्थानीयवासी शिक्षक सुरेन्द्र शर्मा गौतमले जानकारी दिए।

“उनी मिजासिलो र खुशी देखिने मान्छे १५ गते बिहान घरबाट निस्किएका रहेछन्। झगडाको रिस मरेपछि घर फर्किनुहोला नि भनेको अहिलेसम्म पनि आउनुभएको छैन”, शिक्षक गौतमले भने, “छोरा विदेशमा र बुहारी पोखरामा छन्। घरमा रहनुभएकी उनकी श्रीमतीलाई समस्या भएको छ ।”

कसैले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोषचोकमा देखेको बताएको भए पनि उनी कता गए भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आएलगत्तै खोजी भइरहेको भए पनि उनको अवस्थाबारे पत्ता लाग्न नसकेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 2 seconds