काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न इजलासमा गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको अवस्थामा उनले सो प्रश्न गरेका हुन्। प्रधानन्यायाधीश राणाले भने, “संविधानको धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तिका लागि मात्र हो कि अरु पनि छ? एमालेबाहेकको वैकल्पिक सरकार बन्नसक्ने अवस्था छ?” जवाफमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने, “अहिले कांग्रेसको मात्र छैन, माओवादी, जनमोर्चा छ, एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन् ।”
वरिष्ठ अधिवक्ता दाहालले वैकल्पिक सरकार दिनकै लागि अदालतमा आएको र वैकल्पिक सरकार बनेसम्म संसद् विघटन गर्न नपाइने तर्क गरे। सरकारी पक्षले भनेजस्तो केरमेट गरेको र अर्कै प्रयोजनका लागि गरिएको हस्ताक्षर प्रयोग गरिएको भन्ने आरोप गलत रहेको उनको तर्क थियो ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले दलले सरकार गठन गर्न नसक्ने स्थिति भएपछि दलभित्रकै सदस्यले नेपाली कांग्रेसका शेरबहादुर देउवाले बहुमत सांसद सङ्ख्यासहित संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्नुपर्ने अवस्था आएको तर्क गरे।
संविधानको धारा ७६(३) बमोजिम ३० दिनलाई नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत पाउँदैन भने स्वतः पदमुक्त भएपछि धारा ७६(५) को प्रक्रिया शुरु हुने हुँदा धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्रीले निवेदन हाल्नै नमिल्ने उनको तर्क छ । जवाफी बहसकै क्रममा अहिले वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस शुरु गरेका छन्। बहस जारी छ ।
सम्बन्धित खबर
बालेन र सुधनलाई ऐन महरको चेतावनी: प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
ओली र लेखकलाई हिरासतमा राख्न अब म्याद नथप्न सर्वोच्चको परमादेश
फेवातालमा गृहमन्त्रीको जग्गा प्रकरण: आफै ठगिएको गृहमन्त्री गुरुङको जिकिर, जग्गाधनी विरूद्ध कानुनी उपचारमा जाने !
ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित