काठमाडौँ — नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक फेरि स्थगित भएको छ । बिहीबार बिहान केहीबेर बसेर स्थगित भएको बैठक साँझ सिंहदरबारमा केहीबेर बसेर स्थगित भएको हो । साँझको बैठकमा विषयवस्तुमा प्रवेश नगरेको कार्यदल सदस्य घनश्याम भुसालले बताए ।
आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल बैठकका सहभागी नभएका कारण आजको बैठकका खासै छलफल समेत हुन नसकेको उनको भनाइ छ ।
‘विगतमा धेरैपटकको अनौपचारिक छलफलबाट केही एजेन्डा तय गरेका थियौं । तर, विभिन्न कारणले गएको १० दिनदेखि हामीले खास, ठोस प्रगति गरेका छैनौं । आज बिहान बसेका थियौं । त्यसबाट साँझ सार्यौं । अब भोलि बिहान साढे ११ बजे बस्ने भनिएको छ,’ भुसालले भने । यसअघि अन्य सदस्यहरुले कार्यदल सहमति नजिक पुगेको दाबी गरेका थिए ।
अर्का कार्यदल सदस्य सुवास नेम्वाङले पनि कार्यदल कुनै टुंगोमा नपुगेको बताए । ‘आज टुंगोमा पुगिसकेका छैनौं । आजसम्म जे भएको छ, भोलि बस्ने बैठकले सबै टुंगोमा पुग्छ भन्नेमा आशावादी छौं,’ नेम्वाङले भने ।
यसैबीच, माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् । कार्यदलको बैठकपछि एक नेताले भने- ‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’
माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसला अनुसार २ जेठ २०७५ मा कायम रहेको पार्टी तथा जनवर्गीय संगठनलाई कायम गर्नुपर्ने र एकपक्षीय रुपमा गरेका निर्णयहरु खारेज गर्नुपर्ने माग राखेको छ ।
छलफलका क्रममा ओली पक्षका नेताहरु सकारात्मक पनि देखिन्छन् । तर जेठ २ मा फर्किँदा जनवर्गीय संगठनहरुको नेतृत्व, केन्द्रीय कमिटीको संख्या, पूर्व माओवादी नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रवेश नै गर्न चाहँदैनन् ।
सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण