गण्डकी प्रदेशमा सञ्चालित घरवास सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोग एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा होमस्टे मोवाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।
भिटोफ गण्डकी प्रदेशको आयोजनामा जुम प्रविधिमार्फत आज आयोजित एक कार्यक्रमकाबीच सो सेवा सञ्चालन शुभारम्भ गरिएको हो । सो सेवाको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासका लागि प्रविधिको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे । भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश भित्रका घरवासलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने सुविधा एवं सबै घरवासबारे बुझ्न मिल्ने गरी बहुआयमिक नामक होमस्टे मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिए ।
पहिलो चरणमा यो भिटोफ गण्डकी प्रदेशबाट सञ्चालन हुने र सम्बन्धित होमस्टेहरू सक्षम भएपछि उनीहरूले नै सञ्चालन गर्न सक्ने उनले बताए । उनका अनुसार हाल ५० वटा होमस्टे बुकिङ गर्न मिल्ने छ भने अन्य २५४ होमस्टेका विवरण त्यहीबाट जानकारी लिन सकिने छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नविनतम प्रविधिको प्रयोगमार्फत पर्यटन सेवालाई सहज र सरल बनाउँदै लैजान यो बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा भिटोफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव सिम्खडा, आन्तरिक पर्यटन पुनरुत्थान समिती गण्डकी प्रदेश संयोजक अग्नि कँडेल, पोखरा महानगरपालिका होमस्टे व्यवस्थापन समिति संयोजक खगराज आचार्य, भिटोफ गण्डकीका सल्लाहकार टीकाराम सापकोटा, डा रामजी शर्मा लगायतले प्रविधिको सञ्चालनसँगै घरवास पर्यटनको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो