काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास प्रस्थान गरेका छन् ।
उनी बालुवाटारबाट केहीबेरअघि शीतलनिवास प्रस्थान गरेको स्रोतले जानकारी दिएको छ । स्थायी कमिटी बैठकपछि उनी शितलनिवास गएका हुन् ।
राष्ट्रपति भण्डारीले ‘कानुनविद्सँग परामर्श गरेर निर्णय लिने’
राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरुसँग परामर्श लिएर मात्र सर्वोच्चको आदेशबारे निर्णय लिने भएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको आदेशको पत्र दर्ता भएपछि चासो राखिसकेको बुझिएको छ ।
संविधानमा प्रधानमन्त्री कुनै व्यक्ति विशेषलाई नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिने अदालतलाई अधिकार नभएको जिकिर गर्दै त्यसबारे थप परामर्श गरिने बुझिएको छ ।
सर्वोच्च अदालतले भोलिभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सम्बन्धित खबर
प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
कांग्रेसले गुमाएन कीर्तिपुर, मेयरमा डंगोल विजयी
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी श्रेष्ठ विजयी
सिरिज्नङ्गा ३ मा चार मतले हारेकी एमालेकी कुमारी यसपटक विजयी
कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ