पोखरा । फेवाताल संरक्षणका लागि निर्माण गरिएको सिल्टेसन ड्याम बाढीले बगाएपछि पोखरा महानगरपालिकाले कानुनी उपचार खोज्ने भएको छ ।
महानगरका प्रवक्ता धनबहादुर नेपालीले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिल्टेसन ड्यामको डिजाइन के, कुन आधारमा गरिएको हो ? र डिजाइनमा भएको त्रुटीको कारणले यस्तो घटना भएको हो वा होइन भनी सो ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई कार्यालयको तर्फबाट स्पष्टीकरण सोधिएको विज्ञप्तिमा जनाइएको छ।
अघिल्लो वर्षातमा भएको क्षति पश्चात गरिएको मर्मत सम्भारको विषयमा प्रश्न उठाइ उक्त निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीलाई पुनः मर्मत सम्भार गर्न पत्राचार गरिएको भन्दै डिजाइनकर्ता तथा निर्माण व्यवसायीको तर्फबाट कुनै जवाफ प्राप्त नभएकाले महानगरपालिकाले ताकेता गरेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ -” सम्बन्धित पक्षहरुले कानुनी दायित्वबाट कुनै उन्मुक्ति नपाउने तथा कार्यालयले कानुनी रुपमा आफ्नो हित रक्षाको लागि चाल्नु पर्ने सम्पूर्ण कदमहरु चाल्ने र उक्त प्रकरणलाई सार्वजनिक खरिद सम्बन्धी विद्यमान नेपाल कानुन बमोजिम निष्कर्षमा पु¥याउने छ ।’
फेवातालमा बगेर आउने ढल, ढुङ्गा, माटो, बालुवाले वर्षेनी ताल पुरिँदै गएपछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले आधा/आधा लगानी अर्थात् साढे ३४ करोड खर्चेर सिल्टेसन ड्याम (थिग्राउने पोखरी) को निर्माण गरेको थियो ।
फेवातालको सिरानमा बनाइएका ४ वटा ड्याम मध्ये साढे सात कारोडको लागतमा हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम गत असार २३ गते बाढीले बगाएको थियो ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ