काठमाडौँ । नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
यस्तै, बैठकले कार्यदलले गरेको १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । अनुमोदन गरेसँगै कार्यदल विघटन समेत गरेको छ ।
च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो ।
बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १० बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरेका थिए ।
तर अध्यक्ष ओलीले ‘बैठक कार्यसूची अनुसार अगाडि बढ्छ’ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न
नर्सलाई कम्तिमा पनि न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा
सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा बिहे
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो