काठमाडौँ । सरकारले लामो दुरीका सार्वजनिक सवारी साधनमा बढाएको भाडा दर सार्वजनिक गरेको छ ।
सरकारले लामो दुरीका सार्वजनिक सवारी साधनमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।
नयाँ भाडा दरअनुसार यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारी साधनमा २० प्रतिशत र तराईमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढेको छ । बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।
२०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र योबीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा बढाएको बताइएको छ ।
हरेक वर्ष हुनुपर्ने भाडा समायोजन लामो समयसम्म हुन नसकेकाले समायोजन गरिएको भाडा वृद्धि धेरै देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
यातायात मन्त्रालयले गएको आइतबार अर्थात् असार २७ गते नै भाडा बढाउन विभागलाई सहमति दिएको थियो । विभागले गएको मङ्गलबार (असार २९ गते) देखि नै लागू हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेको थियो ।
यस्तो छ भाडा दर–
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”78751″ /]
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो