काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा आज अपराह्न ३ बजे बस्ने बैठकले सोमबार सोधिएको स्पष्टीकरणबारे निर्णय गर्ने जनाइएको छ । यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावनासमेत रहेको बताइएको छ ।
सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधे पनि उनीहरुले यसको जवाफ दिएका छैनन् ।
यसअघि सोमबारको बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको थियो ।
यस्तै एमालेले पार्टी निर्देशन नमानेर देउवालाई विश्वासको मत पनि नदिइ संसद बैठक बहिष्कार गरेका १० सांसदको हकमा भने कुनै निर्णय गरेको छैन ।
यता संसद बैठक शुरु हुनुअघि नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपनि उनको राजीनाम अझै स्वीकृत भएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि हतारिएर राजीनामा गरेको भन्दै सकेसम्म फिर्ता लिन आग्रह गरेका थिए ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनाल भने हाल उपचारका लागि भारतको दिल्लीमा रहेको र उनले दिल्लीबाटै देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ