एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

uml-meeting

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा सोमबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

हिजो र अस्ति बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ । साथै अन्तिम समयसम्म पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

यस्तै, सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर २४ घण्टे स्पष्टिकरणको पत्र नआएको नेता माधवकुमार नेपाल समूहले जनाएको छ ।

बैठकमा वरिष्ठ नेता नेपाल समूह भने सहभागी छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds