काठमाडौँ । नेपालमा कोभिड–१९ महामारीको व्यवस्थापन र सम्भावित तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई १८ बुँदे सुझाव पेश गरेका छन् ।
नेपालमा केही महिनामा नै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै डा. महेश मास्के लगायत १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको व्यवस्थापनका लागि भन्दै १८ बुँदे सुझाव पेश गरेका हुन् ।
उच्च स्तरीय कोभिड–१९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकितसक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउन सुझाव दिँदै उनीहरुले योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्य मन्त्री नियुक्त गर्न समेत माग गरेका छन् ।
यस्तै स्वास्थ्य प्रणालीको क्षमता बढाउन, घर र संस्थागत आइसोलेशन तथा क्वरेण्टीनलाई व्यवस्थित गर्न, औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षणको व्यवस्था गर्न, सीमा क्षेत्रको आवागमन व्यवस्थित गर्नुपर्ने सुझावहरू समेटिएका छन् ।
यस्तै महिला स्वास्थ्य स्वयंसेविका तथा वडास्तरका स्वास्थ्यकर्मीको सक्रियतामा कोरोनामाथि निगरानी बढाउन, दुर्गम क्षेत्रमा जाँच र उपचारको पहुँच पु¥याउनुपर्ने लगायतका सुझाव पनि दिइएको छ ।
प्रधानमन्त्री देउवालाई सुझाव दिनेमा डा. मास्केसहित कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुणा उप्रेती डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समिर दीक्षित, डा. राजेन्द्र बीसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदी रहेका छन् ।
हेर्नुहोस् यस्तो छ सुझावः
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”79015″ /]
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष