काठमाडौँ । नेपालमा कोभिड–१९ महामारीको व्यवस्थापन र सम्भावित तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई १८ बुँदे सुझाव पेश गरेका छन् ।
नेपालमा केही महिनामा नै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै डा. महेश मास्के लगायत १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको व्यवस्थापनका लागि भन्दै १८ बुँदे सुझाव पेश गरेका हुन् ।
उच्च स्तरीय कोभिड–१९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकितसक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउन सुझाव दिँदै उनीहरुले योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्य मन्त्री नियुक्त गर्न समेत माग गरेका छन् ।
यस्तै स्वास्थ्य प्रणालीको क्षमता बढाउन, घर र संस्थागत आइसोलेशन तथा क्वरेण्टीनलाई व्यवस्थित गर्न, औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षणको व्यवस्था गर्न, सीमा क्षेत्रको आवागमन व्यवस्थित गर्नुपर्ने सुझावहरू समेटिएका छन् ।
यस्तै महिला स्वास्थ्य स्वयंसेविका तथा वडास्तरका स्वास्थ्यकर्मीको सक्रियतामा कोरोनामाथि निगरानी बढाउन, दुर्गम क्षेत्रमा जाँच र उपचारको पहुँच पु¥याउनुपर्ने लगायतका सुझाव पनि दिइएको छ ।
प्रधानमन्त्री देउवालाई सुझाव दिनेमा डा. मास्केसहित कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुणा उप्रेती डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समिर दीक्षित, डा. राजेन्द्र बीसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदी रहेका छन् ।
हेर्नुहोस् यस्तो छ सुझावः
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”79015″ /]
सम्बन्धित खबर
पोखरा-भुटान सिधा उडान, पहिलो चार्टड उडान सफल
संसद् पुनःस्थापनाको माग गर्दै एमाले सर्वोच्च जाने
फागुन २१ को निर्वाचनमा भाग लिन काँग्रेस, एमालेले पहिलो दिन गरेनन् दल दर्ता
एमाले संसद पुन:स्थापनापछि केपी ओली प्रधानमन्त्री नहुने ग्यारेन्टी दिन तयार छ: खगराज अधिकारी
अनेरास्विवयुमा डा. कडरियाको राजीनामा स्वीकृत, महासचिव दीपक धामी चुनिए अध्यक्ष
जेनजीसँग मन्त्री पुन- ‘सबै माग पूरा गर्न सकिन्न, निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर’
यो पनि पढौँ
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
कुलमान घिसिङलाई प्रधानमन्त्रीले मन्त्री पदबाट बिदा गर्नुपर्छ: शंकर पोखरेल
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल