काठमाडौंको न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो कलरको प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेड बुल बिक्री बितरण गरेको अभियोगमा ४ जनालाई २ सय २ वटा कार्टुनमा रहेको ४ हजार ८ सय ४८ थान रेडबुल सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० निलो पुल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका ३ घर भएका शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धन बहादुर श्रेष्ठ, रेड बुल ओसारपसारमा संलग्न काठमाडौं महानगरपालिका ११ गोंगबु बस्ने बाँके कोहलपुर नगरपालिका ९ घर भएका ३६ वर्षीय राजु पौडेल र काठमाडौं गोठाटार बस्ने सर्लाही हरिपुर नगरपालिका १ घर भएका ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
२०७६ असार २ मा प्रकाशित राजपत्र भाग ५ को सूचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ, ल्फेबर साइन्थेटिक ड्रिक्स र यस्तै प्रकारका पेय पदार्थहरूको बिक्री वितरणलाई पूर्णरुपमा बन्देज गरिएकोमा काठमाडौंका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित इनर्जी ड्रिक्स रेडबुल ल्याई बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि भन्सार बिभाग पठाइने महानगरीय अपराध महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु