अपमान र गलत कुरा सहेर बस्न सकिँदैनः माधव नेपाल

अपमान र गलत कुरा सहेर बस्न सकिँदैनः माधव नेपाल

Madhab-Nepal

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले अब अपमान र गलत कुरा सहेर बस्न नसकिने प्रष्ट पारेका हुन् ।

परिस्थिति के हुन्छ भनेर आफूले हेरिरहेको भन्दै उनले थपे, ‘नेतृत्व सुध्रिन चाहन्छ भने ठीक छ । आफूले बनाएको घर छाडेर जाने चाहना कसैको हुँदैन तर अपमान सहेर, गलत कुरो सहेर बस्न सकिँदैन।’

उनले पार्टीभित्रका विभिन्न घाउ/खटिराले दुःख दिइरहेको भन्दै पार्टीलाई शुद्धीकरण गर्दै नयाँ ढंगबाट अघि लैजानुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ