चितवनमा सेनाको हुद्दा मृत फेला, गोली हानिएको आशंका

चितवनमा सेनाको हुद्दा मृत फेला, गोली हानिएको आशंका

Chitwan-Death-body

चितवन । चितवन भरतपुर महानगरपालिका–१७ मा नेपाली सेनाका हुद्दा मृत भेटिएका छन् ।

बिहीबार बिहान धादिङ निलकण्ठ नगरपालिका–१३ घर भइ नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत ३६ वर्षीय भरत गुरूङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको गोली लागेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।

गुरूङको बायाँतर्फको कन्चटमा गोली लागेको जस्तो गहिरो चोट देखिएको र नजिकै एक थान गोलीको खोका समेत भेटिएकोले त्यहीबाट मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

हत्या वा आत्महत्या हो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गुरुङ आफन्तकहाँ जाँदा घटना भएको प्रहरीको भनाइ छ । हालसम्म घटनामा प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

मृतकको शव भरतपुर अस्पतालको शव गृहमा पोस्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ