एमाले नेता रावलले फिर्ता लिए राजीनामा

एमाले नेता रावलले फिर्ता लिए राजीनामा

bhim-rawal

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

रावलले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिने सांसदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले रावललाई छुट्टाछुट्टै भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकार तथा प्रदेशसभाका रावल समर्थक चार मन्त्रीसहित १२ जना सांसदको टोलीले गत मंगलबार काठमाडौँ पुगेर रावललाई भेटेको थियो ।

उनीहरूले पनि रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिइएको राजीनामा फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए । रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds