जोन्सनको खोप लगाएपछि धादिङमा एक वृद्धको मृत्यु

जोन्सनको खोप लगाएपछि धादिङमा एक वृद्धको मृत्यु

janssen khiop

धादिङको नीलकण्ठ नगरपालिका- ६ सुनाैलाबजारमा आज  अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जोन्सन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।

खाेप लगाएर घर फर्किएका ७८ वर्षिय नरबहादुर श्रेष्ठ खाेप लगाएकाे अन्दाजी ४० मिनेट पछि घर पुग्ना साथ बेहाेस भएर ढलेकाे र उपचारकाे लागि जिल्ला अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो ।

यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds