काठमाडौँ । नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमान्ड घोषणा गरेको छ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबिच एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।
कार्यक्रममा बोल्दै पोखरेलले आफ्ना नेता कार्यकर्तालाई ज्यादती र आतंकबाट जोगाउँदै सुरक्षाको प्रत्याभूतिका लागि तत्कालीन समयमा युथ फोर्स जन्मिएको बताए । माओवादी आतंक बढिरहेको समयमा जनताको सुरक्षाका लागि युवाहरुको शक्तिको जन्म भएको उनको भनाइ थियो ।
उनले युथ फोर्स जनताको पक्षमा काम गर्न तथा खबरदारी गर्नका लागि फेरि ब्यूँतिएको बताए ।
उनले युथफोर्सलाई अब भ्रष्टचारविरुद्ध अभियान चलाउनसमेत निर्देशन दिएका छन् ।
उक्त कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानहरूबाट युथफोर्सले मोटरसाइकल -याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ।
पछिल्लो समय एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीले आ–आफ्नै तरिकाले विभिन्न संघ, संगठनहरू विस्तार गर्दै गइरहेका छन् ।
केही दिन अघि मात्र नेपाल पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेको थियो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीले शुभकामना दिँदै फेसबुकमा लेखे : सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्
नयाँ वर्षको शुभकामना दिँदै रविले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ
सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न