काठमाडौँ । नेकपा एमाले भित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ।
असार २८ मा सर्वोच्च अदालतको फैसलापछि आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा नेकपा एमालेका दुवै पक्षका सांसदहरूबीच भनाभन भएको छ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएपछि वैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बैठकमा एमाले वरिष्ठ नेता एवम् समिति सदस्य माधवकुमार नेपालले संसद् पुनःस्थापित भएको भन्दै खुसी व्यक्त गरेका थिए। उनले संसद् जोगाउन महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिए।
उनीपछि ओली पक्षीय सांसद रानाले आफ्नो भनाइ राख्दै अहिलेको संसद् र सरकार जनताको जनादेशबाट नभई सर्वोच्च अदालतको आदेशले पुनःस्थापना गरेको बताए। उनले यस्तो भनेपछि बैठकमा भनाभन भएको हो। रानाले बोल्ने क्रममा ‘संसद् बचाउने चिन्ता गर्नेहरु वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिने बेला कहाँ थिए?’ भन्दै प्रश्न गरेपछि माधव नेपाल पक्ष आक्रोशित बनेको थियो।
राना बोल्दाबोल्दै बीचमै उठेर नेपाल पक्षका दिपकप्रकाश भट्टले चर्को स्वरमा ‘प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजे । माधव नेपालले पनि प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार छैन भन्दै राजीनामा दिएर बाहिर जान भनेपछि स्थिति तनावमय बनेको थियो ।
कांग्रेस र माओवादीका सांसदहरूले पनि नेपाल समूहलाई साथ दिएका थिए ।
केहीबेर एक पछि अर्का सांसदको पक्ष विपक्षमा दोहोरी चल्यो । केही समयपछि नेता नेपाल निस्किए। त्यसपछि अन्य सांसद पनि बैठक कक्षबाट बाहिरिएका थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने