जसपा विवादः ‘हेड काउन्ट’ गरी आधिकारिकता टुंग्याउँदै आयोग

जसपा विवादः ‘हेड काउन्ट’ गरी आधिकारिकता टुंग्याउँदै आयोग

Nirbachan Aayog

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद आज टुंग्याउँदैछ ।

जसपाको कार्यकारिणी समितिको ‘हेड काउन्ट’ गरेर आयोगले आज आधिकारिकता विवाद टुंग्याउने तयारी गरेको जनाइएको छ ।

जसपाका दुबै (महन्थ ठाकुर र उपेन्द्र यादव) पक्षले आफू आधिकारिक रहेको दाबी गर्दै समानन्तर ढंगले पार्टी सञ्चालन गर्दै आएका छन् ।

दुबैको दाबीलाई खारेज गरेर इजलासमार्फत विवाद निरूपणको प्रयास गरे पनि असफल भएपछि ‘हेड काउन्ट’ को निर्णयमा आयोग पुगेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ ।

आफूतिर रहेका नेताहरु अर्को पक्षमा जान सक्ने भएकाले यादव पक्षले आफ्ना सदस्यहरुलाई हिजैदेखि रिसोर्टमा राखेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds