जसपा विवादः ‘हेड काउन्ट’ गरी आधिकारिकता टुंग्याउँदै आयोग

जसपा विवादः ‘हेड काउन्ट’ गरी आधिकारिकता टुंग्याउँदै आयोग

Nirbachan Aayog

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद आज टुंग्याउँदैछ ।

जसपाको कार्यकारिणी समितिको ‘हेड काउन्ट’ गरेर आयोगले आज आधिकारिकता विवाद टुंग्याउने तयारी गरेको जनाइएको छ ।

जसपाका दुबै (महन्थ ठाकुर र उपेन्द्र यादव) पक्षले आफू आधिकारिक रहेको दाबी गर्दै समानन्तर ढंगले पार्टी सञ्चालन गर्दै आएका छन् ।

दुबैको दाबीलाई खारेज गरेर इजलासमार्फत विवाद निरूपणको प्रयास गरे पनि असफल भएपछि ‘हेड काउन्ट’ को निर्णयमा आयोग पुगेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ ।

आफूतिर रहेका नेताहरु अर्को पक्षमा जान सक्ने भएकाले यादव पक्षले आफ्ना सदस्यहरुलाई हिजैदेखि रिसोर्टमा राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ