बढ्न थाल्यो संक्रमण, कास्कीका ३०४ सहित गण्डकीमा थप ७१० जनामा कोरोना पुष्टि, ८ को मृत्यु

बढ्न थाल्यो संक्रमण, कास्कीका ३०४ सहित गण्डकीमा थप ७१० जनामा कोरोना पुष्टि, ८ को मृत्यु

corona-dead

सोमबार गण्डकीका ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३६५ जनामा गरिएको नमुना परीक्षणमा ७१० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ५११ जनामा गरिएको नमुना परीक्षणमा ३०४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै तनहुँका ७९ जना, गोरखाका १९ जना, लमजुङका २७ जना, नवलपुरका १३७ जना र स्याङ्गजाका ६० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका ४३ जना, बागलुङका ३५ जना र म्याग्दी जिल्लाका छ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६५ हजार १०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६० हजार ६३४ पुगेको छ।

सोमबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका पाँच जना, नवलपुरका एक जना, स्याङ्गजाका एक जना र बागलुङ जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०६२ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ