नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यद्वय गण्डक न्युज डटकमका रञ्जन अधिकारी र पोखरा न्युज डटकमका सम्पादक गणेश बराल (ढाकामोहन) ले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले विभिन्न माध्यम (फोन, फेसबुक म्यासेन्जर र असम्बन्धित व्यक्ति) मार्फत धम्की दिएको घटना प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले विज्ञप्ति जारी गर्दै उक्त घटनाको विषयमा महासंघ कास्की शाखा मार्फत भएका प्रयासका साथै उत्पन्न परिस्थितिको बारेमा समेत गण्डकी प्रदेश समिति जानकार रहेको जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ – प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै यस किसिमले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको हाम्रो ठहर छ ।
पेशाप्रति हतोत्साहित बनाउन खोज्ने यस किसिमका धम्कीको पत्रकार महासंघ गण्डकी प्रदेश समिति भ्रत्सना गर्दछ । घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो