गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवन रक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपमा खाद्यान्न र औषधिजन्य सामान ढुवानीको व्यवस्था मिलाउनुपर्ने, बाढीपहिरोले क्षति पुर्याएको सडक आवागमन सहज बनाउन तीन तहका सरकारी निकायबीच समन्वय गर्न बैठकमा निर्देशन दिइएको छ ।
बाढीपहिरोले क्षति पुर्याएको सडक पहुँच निर्माणका लागि केन्द्रले अग्रसरता लिनुपर्ने र आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने गृहमन्त्री खाणले बताए ।
बैठकमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायत उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने सरकारको निर्णय
संसद् पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेस पूर्व सांसदहरूले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने
चुनावमा क्यूआर कोड राखेर चन्दा उठाउने र बालबालिकाको प्रयोग रोक्न आयोगको ध्यानाकर्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ