ओलीले जति गाली गरेपनि हामी एकता होस् भन्ने पक्षमा छौंः माधव नेपाल

ओलीले जति गाली गरेपनि हामी एकता होस् भन्ने पक्षमा छौंः माधव नेपाल

Madhav Nepall

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गालि गरेपनि आफु पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपाललेओलीले जति गाली गरेपनि आफूहरु एकतामा जोड दिएको बताएका हुन् ।

नेता नेपालले आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

पार्टी एकता प्रक्रिया चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा पनि अध्यक्ष ओलीले आफ्नो समूहमाथि गालीगलौज गर्ने गरेको भन्दै ओलीले जति गालि गरेपनि आफुले पार्टी एकता होस् भन्ने चाहेको बताएका हुन् ।

‘केपी ओलीले मलाई जति नै गालि गरेपनि अहिले पनि म पार्टी एकता होस भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ’ नेता नेपालको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds