नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले र्वत्र असफल व्यक्ति बारम्बार सत्तामा पुग्नु यो देशको विडम्बना भएको भन्दै आक्रोश पोखेका छन्। सोमबार बिहानै एक फेसबुक पोष्ट मार्फत पाैडेलले पार्टी नेतृत्वप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन्।
पौडेलको असन्तुष्टि पार्टीको महाधिवेशनमा भइरहेको ढिलाईप्रति थियो। उनले सभापति शेरबहादुर देउवाको चरम असफलता र लापरवाहीका कारण यो ढिलाइ भएको आरोप लगाएका छन्।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधान समातेर ६ महिना बढाइयो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइरहेको छ’, पौडेलले फेसबुकमा लेखेका छन्।
कांग्रेसले संविधान अनुसार भनेर दोस्रो पटक थपेको समय पनि भदौ २३ गते सकिंदैछ। यो समयभित्र महाधिवेशन नभएर पार्टी संकटमा पर्ने पौडेलले चिन्ता व्यक्त गर्दै आएका छन्। तर देउवा भने निर्वाचन आयोगमार्फत समय थप्ने चर्चा चलेको छ। यही कुरालाई संकेत गर्दै पौडेलले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको आरोप लगाएका छन्।
पार्टीमा महाधिवेशन विवाद चलिरहँदा सभापति देउवा सरकारको नेतृत्व गर्न पुगेका छन्। नेपाली कांग्रेसको विधानले हरेक चार वर्षमा पार्टी महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ। पार्टीको १३ औं महाधिवेशनबाट २०७२ फागुन २४ मा शेरबहादुर देउवा सभापति चुनिएका थिए। पटक पटकको ढिलाइपछि आगामी भदौ १६ देखि १९ को लागि कांग्रेसको १४ औं महाधिवेशनको समय तोकिएको छ। तर हालसम्म कांग्रेस क्रियाशील सदस्यताको विवादमै रुमलिरहेको छ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु