नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम आजको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग जँगिए । ‘जे पाए त्यही बोल्ने ? पार्टी अध्यक्षले मनलागी बोल्न पाइन्छ भने विधानमै व्यवस्था गर्नुपर्यो । मनलाग्दी बोल्ने जो कोहीलाई अनुशासनको कारबाही हुनुपर्यो,’ गौतमले ओलीमाथि आक्रोश पोखिरहँदा बैठकमा सन्नाटा छाएको थियो ।
उनी त्यसपछि झन् कडा रुपमा प्रस्तुत हुँदै गए । उनले भने,‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्इक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन ।’
पार्टीमा अनुशासनहीन र गलत गर्ने जोसुकैमाथि कारबाही हुने समेत चेतावनी दिए । उनले भने, ‘पार्टीमा कसैले गल्ती गर्यो भने राजनीतिक कारबाही हुन्छ ।’ उनले घुमाउरो तरिकाले ओलीमाथि कारबाहीको विषय पनि उठाए ।
ओलीले अध्यक्षका रुपमा मनलाग्दी गरेको समेत आरोप लगाए । उनले ओलीमाथि व्यङ्ग्य गर्दै भने,‘अध्यक्षले मनपरी गरेको विषयलाई यी अध्यक्षका अधिकारहरु भन्ने शिर्षकमा केही अधिकारहरु थप्नुपर्छ । हाम्रो पार्टीका अध्यक्षलाई मनलाग्दी गर्दा पनि आममाफी हुनेछ भन्ने विधानमा किटानसाथ उल्लेख गरिनुपर्छ ।’
गौतमले विधानमै कतिलाई अपराधी, देशद्रोही र गद्दार भन्न सकिने विधानमै उल्लेख गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका थिए । आफूविरुद्ध कडा रुपमा बोल्न थालेपछि ओली पनि आक्रोशित भए । त्यसपछि दुवैबीच चर्काचर्की भयो । गौतम बैठकबाट निस्किएर हिंडे । उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने गरी उठेको बुझिएको छ ।
ओलीसँग पछिल्लो समय असन्तुष्ट गौतम माधवकुमार नेपाल पक्षमा छन् । यद्यपि, उनी पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुँदै आएका छन् । बैठक नेपाल पक्षले भने बहिष्कार गर्दै आएको छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’