नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम आजको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग जँगिए । ‘जे पाए त्यही बोल्ने ? पार्टी अध्यक्षले मनलागी बोल्न पाइन्छ भने विधानमै व्यवस्था गर्नुपर्यो । मनलाग्दी बोल्ने जो कोहीलाई अनुशासनको कारबाही हुनुपर्यो,’ गौतमले ओलीमाथि आक्रोश पोखिरहँदा बैठकमा सन्नाटा छाएको थियो ।
उनी त्यसपछि झन् कडा रुपमा प्रस्तुत हुँदै गए । उनले भने,‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्इक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन ।’
पार्टीमा अनुशासनहीन र गलत गर्ने जोसुकैमाथि कारबाही हुने समेत चेतावनी दिए । उनले भने, ‘पार्टीमा कसैले गल्ती गर्यो भने राजनीतिक कारबाही हुन्छ ।’ उनले घुमाउरो तरिकाले ओलीमाथि कारबाहीको विषय पनि उठाए ।
ओलीले अध्यक्षका रुपमा मनलाग्दी गरेको समेत आरोप लगाए । उनले ओलीमाथि व्यङ्ग्य गर्दै भने,‘अध्यक्षले मनपरी गरेको विषयलाई यी अध्यक्षका अधिकारहरु भन्ने शिर्षकमा केही अधिकारहरु थप्नुपर्छ । हाम्रो पार्टीका अध्यक्षलाई मनलाग्दी गर्दा पनि आममाफी हुनेछ भन्ने विधानमा किटानसाथ उल्लेख गरिनुपर्छ ।’
गौतमले विधानमै कतिलाई अपराधी, देशद्रोही र गद्दार भन्न सकिने विधानमै उल्लेख गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका थिए । आफूविरुद्ध कडा रुपमा बोल्न थालेपछि ओली पनि आक्रोशित भए । त्यसपछि दुवैबीच चर्काचर्की भयो । गौतम बैठकबाट निस्किएर हिंडे । उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने गरी उठेको बुझिएको छ ।
ओलीसँग पछिल्लो समय असन्तुष्ट गौतम माधवकुमार नेपाल पक्षमा छन् । यद्यपि, उनी पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुँदै आएका छन् । बैठक नेपाल पक्षले भने बहिष्कार गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
सरकारले जस्ता तस्तै फर्काइदिएपछि राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’