काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु फेरि असाधारण बहुमतका साथमा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले आफू प्रधानमन्त्री हट्नु कुनै चिन्ताको विषय नरहेको बताए । उनले आगामी चुनावबाट असाधारण जनमतसहित सरकारको नेतृत्वमा मुलढोकाबाट प्रवेश गर्ने दाबी समेत गरे । उनले भने, ‘फेरि पनि मुलढोकाबाट असाधारण जनतका साथ प्रवेश गरिनेछ । जस्केलाबाट होइन ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू जनादेशबाट प्रधानमन्त्री भएको भएपनि अदालतले हटाएको बताए ।
उनले भने, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मलाई काम हेरेर नेपाली जनताले प्रधानमन्त्री बनाएको हो । विभिन्न पार्टीका नेताहरुको कुण्ठाबाट प्रधानमन्त्री बनेको होइन । परमादेशबाट हैन, जनादेशबाट प्रधानमन्त्री भएको होइन । जाली मुद्धाबाट प्रधानमन्त्री बनेको होइन । नेपाली जनताले ममाथी विश्वास गरेर ससुम्पिएको जिम्मेवारी हो ।’
सर्वोच्च अदालतको फैसला समेत अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गरे । उनले भने,‘विश्वमा पहिलो रेकडै बनेको छ । अदालतबाट प्रधानमन्त्री नियुक्त हुने । अदालतलाई धेरै विवादमा ल्याउनु जरुरी छैन । प्रधानमन्त्रीबाट हट्न परेकोमा चिन्ता छैन । अदालतजस्तो सबैले विश्वास गनुपर्ने संस्थाका बारेमा अविश्वास नआओस् भन्ने चिन्ता मेरो छ । लोकतन्त्रमा मेरो चिन्ता छ ।’
सरकार गठन भएको एक महिनासम्म पनि सरकारले पूर्णता पाउन नसक्नु सरकारको असफलता रहेको समेत उनले टिप्पणी गरेका छन् ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’