काठमाडौँ । सरकारले श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले देशका वास्तविक आर्थिक अवस्था देखाउन भन्दै मंगलबार संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् ।
अर्थ मन्त्री शर्माले प्रस्तुत गरेको श्वेत पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सम्हालेको आर्थिक वर्ष २०७४/०७५ देखि अहिलेसम्मका विभिन्न आर्थिक सूचकको तुलना गरिएको छ ।
श्वेत पत्रअनुसार ओली नेतृत्वको निवर्तमान सरकारको पालामा मुलुकको सार्वजनिक ऋण २५० प्रतिशतले बढेको पाइएको छ।
आर्थिक वर्ष २०७३/७४ मा कूल तिर्न बाँकी सार्वजनिक ऋण छ खर्ब ९८ अर्ब रुपैयाँ अर्थात् कुल गार्हस्थ उत्पादनको २२.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा २५० प्रतिशतले वृद्धि भइ १७ खर्ब २९ अर्ब रुपैयाँ अर्थात् कूल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत पुगेको श्वेत पत्रमा उल्लेख छ ।
कुल तिर्न बाँकी ऋणमध्ये आठ खर्ब एक अर्ब आन्तरिक ऋण र नौ खर्ब २८ अर्ब बाह्य ऋण रहेको छ ।
श्वेत पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक ऋण दुई खर्ब २४ अर्ब र वैदेशिक ऋण एक खर्ब ४० अर्ब गरी जम्मा तीन खर्ब ६४ अर्ब अर्थात् कुल सङ्घीय खर्चको ३० दशमलव ८ प्रतिशत परिचालन भएको छ । यसरी सार्वजनिक ऋण उल्लेख्य रूपमा वृद्धि हुँदै गए पनि देशको आर्थिक वृद्धि तथा विकासमा अपेक्षित प्रतिफल हासिल हुन सकेको छैन ।’
यस्तो छ सरकारले ल्याएको श्वेतपत्रः
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”80573″ /]
सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान